आज :

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

  • अनलाइन डबली

काठमाडौं । इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानीस्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । टीपीएसको रिपोर्टअनुसार सम्भावित प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएको छ ।
इजरायली रक्षामन्त्री इस्रायल काट्जले इरानबाट आउन सक्ने खतरा हटाउन पूर्वआक्रमण गरिएको बताएका छन् । इजरायली रक्षा बल (आईडीएफ) ले सर्वसाधारणलाई सुरक्षात्मक स्थान नजिकै रहन आग्रह गरेको छ । जेरुसेलम पोस्टका अनुसार एक सुरक्षा स्रोतले दिएको जानकारीमा अमेरिकाको पनि आक्रमणमा संलग्नता रहेको उल्लेख छ ।
यसैबीच, इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी तेहरानमा नरही सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले तेहरानमा विस्फोटका आवाज सुनिएको रिपोर्ट गरेका छन् । तेहरानका केही पूर्वी र पश्चिमी भागमा मोबाइल फोन सेवा अवरुद्ध भएको र इन्टरनेट सेवा कमजोर बनेको पनि इरानी मिडियाले जनाएका छन् ।
आईडीएफले सुरक्षा मूल्याङ्कनपछि ‘होम फ्रन्ट कमान्ड’ निर्देशिकामा तत्काल परिवर्तन गरिएको जानकारी दिएको छ । देशभर ‘पूर्ण गतिविधि’ बाट ‘आवश्यक गतिविधि’ मा रूपान्तरण गर्दै शैक्षिक संस्था, सार्वजनिक जमघट तथा गैरआवश्यक कार्यस्थलहरू बन्द गरिएको छ । रक्षा मन्त्री काट्जले नागरिक सुरक्षा ऐनअन्तर्गत देशव्यापी विशेष आपतकाल घोषणा गर्दै इजरायली भूभाग र नागरिक लक्षित मिसाइल तथा ड्रोन आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
उता, शुक्रबार टेक्सासमा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “अत्यन्त कठिन” र “खतरनाक” राष्ट्रको संज्ञा दिएका थिए । उनले इरानसँगको परमाणु वार्तामा अमेरिकाले ठूलो निर्णय लिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कुनै पनि सम्झौता “अर्थपूर्ण” हुनुपर्ने बताएका छन् ।
इरान र अमेरिकाबीच तेस्रो चरणको वार्ता बिहीबार जेनेभामा सम्पन्न भएको थियो भने अर्को चरणको वार्ता शनिबार हुने तय छ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच इजरायल–इरान द्वन्द्वले थप चर्किने संकेत देखिएको छ । एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal