काठमाडौँ । इरानले जवाफी हमला सुरु गरेको छ । इरानमाथि अमेरिका र इजरायलले संयुक्तरुपमा हमला गरेको जिम्मा लिएलगत्तै इरानले जवाफी हमला सुरु गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमाथि हमला गरेको जिम्मा लिँदै हतियार त्याग्न चेतावनी दिएका छन् । इरानले अहिलेसम्म ७० वटा मिसाइलबाट इजरायलमा प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
त्यसैगरी इरानले अमेरिकी एयरक्राप्ट क्यारियरमाथि पनि निसाना बनाएको बताइएको छ । फारस खाडीमा सयौं इरानी ड्रोन उडिरहेका छन् ।


अनलाइन डबली


