आज :

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई जेनजी सोडारीको टोलीले बुझायो ध्यानाकर्षण पत्र

  • अनलाइन डबली

काठमाडौं । संयुक्त जेनजी आन्दोलनका सह–संयोजक अजय सोडारी र डा.जगत विकको टोलीले जेन्जि आन्दोलनसम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न जाँचबुझ आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सोमबार सिंहदरबार स्थित जेन्जि आन्दोलन सत्य–तथ्य जाँचबुझ आयोगका अध्यक्ष गौरि बहादुर कार्कीलाई भेटी सरकार समक्ष आफ्ना मागहरु सम्बोधनका लागि पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

११ दिनसम्म अनसन बसेका सोडारीले २०८२ भाद्र २३ र २४ गते सम्पन्न जेन्जि आन्दोलनसँग सम्बन्धित घटनाहरूको सत्यतथ्य छानबिन गरी निस्पक्ष, वस्तुनिष्ठ र पारदर्शी ढङ्गले प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने जिम्मेवारी आयोगको रहेको र सोलाई तत्काल बाहिर ल्याउन आग्रह गरेको अनलाई डबलीसँग बताए ।

आयोग अध्यक्षलाई बुझाएको पत्रमा भनिएको छ,“आयोगबाट कुनै प्रकारको ढिलासुस्ती नहोस् भन्ने हाम्रो स्पष्ट र दृढ आग्रह छ । साथै, आयोगले कुनै पनि प्रकारको आग्रह–पूर्वाग्रह, राजनीतिक दबाब वा प्रभावबाट मुक्त भई पूर्ण निष्पक्षता र न्यायको मर्मलाई आत्मसात् गर्दै छानबिन प्रक्रिया अगाडि बढाओस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।”

देशमा जसले जे गरे पनि हुन्छ भन्ने भाष्यविरुद्ध पनि प्रतिवेदन सार्वनिक गर्नु पर्ने उल्लेख गर्दै भनिएको छ, “राज्य र देश दण्डहीनताको दिशामा अग्रसर हुनु लोकतन्त्रका लागि गम्भीर खतरा हो । घटनाको यथार्थ छिनोफानो नगरी तथा दोषी पहिचान र जवाफदेहिता सुनिश्चित नगरी निर्वाचन प्रक्रियातर्फ अघि बढ्नु आन्दोलन र जेन्जि आन्दोलनका जायज मागमाथि अर्को अन्याय र हाइज्याकसरह हुनेछ ।

यसले जनभावनामा थप आघात पु¥याउने र राजनीतिक असन्तोषलाई गहिरो बनाउने सम्भावना रहन्छ त्यसैले चुनाव भन्दा पहिला आयोगको प्रतिवेदन सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गर्दछौ ।”

साथै पत्रमा भनिएको छ,“संयुक्त जेन्जि आन्दोलन आफ्ना माग र मुद्दामा निरन्तर अडिग रहँदै स्पष्ट रूपमा उल्लेख गर्दछ कि ःसत्यतथ्य छानबिन, न्यायपूर्ण निकास र त्यसपछिमात्र निर्वाचन हाम्रो मुख्य बटमलाइन हो ।
न्यायभन्दा माथि कुनै राजनीतिक कार्यसूची हुन सक्दैन ।

अतः जेन्जि आन्दोलनसम्बन्धी सत्यतथ्य छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी न्यायको प्रत्याभूति गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै, ११ दिने सत्याग्रह कार्यक्रममार्फत हामी शान्तिपूर्ण र लोकतान्त्रिक दबाब कायम राख्दै सत्य र न्यायको पक्षमा उभिएको कुरा अवगत गराउन चाहन्छौं ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal