आज :

तोकिएकै समयमा निर्वाचन हुन्छ, सेना अगाडि आउने विषय भ्रम होः अध्यक्ष सिवाकोटी

  • धनन्जय बुढा

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष डा.गोपाल कृष्ण सिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन् । सोमबार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा अरु सूरक्षा निकाय भन्दा नेपाली सेना अगाडि आएर भूमिका खेल्ने विषय सत्य नभएको समेत बताएका छन् ।

डा.सिवाकोटीले निर्वाचर्नको लागि जम्मा ९ दनि मात्रै बाँकी रहँदा कतिपयले चूनाव निर्धारित समयमा हुँदैन भनेर भ्रम फैलाउन खोजेकोप्रति समितिको ध्यानाकर्षण भएको जनाएका छन् । “निर्वाचानको सम्पूर्ण तयारी पुगिसकेको र नहुनुपर्ने कुनै ठूलो कारण नभएकोले कोही कसैको भ्रममा पर्नु हुँदैन,” सिवाकोटीले आग्रह गरे ।

सरकारले सम्भावित खतरालाई मध्यनजर गरेर निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरे पनि सेना नै अगाडि आउने कुरा सत्य नरहेको उनको भनाई छ । “कतिपयले सेनालाई निर्वाचनमा प्रमुख भूमिकामा ल्याउने, सेनाको बलमा निर्वाचनको परिणाम निश्चित व्यक्ति र पार्टीको पक्षमा ‘फिक्सिङ’को षड्यन्त्र भनेर हल्ला गर्नु निर्वाचन विरोधी ‘प्रोभोकेसन’ मात्रै हो” सिवाकोटीले भने ।

जनतालाई निर्वाचन विरोधी शक्तिहरुको भ्रममा नपर्न आग्रह गर्दै सिवाकोटीले भने,“निर्वाचन निर्धारित समयमा हुन्छ, पुराना चूनावमा जस्तैः नेपाली सेना र अन्य सूरक्षा निकायहरु आआफ्नै भूमिकामा रहने छन्, तर, कहिँकतै असामान्य अवस्था आए त्यस्ता ठाउँमा भने परिस्थिति नियान्तरण गर्न सेना अगाडि जानसक्छ, जुन कुरा स्वभाविक हो ।”

जेनजी विद्रोहपछि हुन लगेको निर्वाचनप्रति अन्तराष्ट्रिय निकायको व्यापक चासो रहेपनि सोचेजतिका अन्तराष्ट्रिय पर्यवेक्षकको उपस्थिति नहुने संकेत रहेको उनको भनाई छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal