काठमाडौँ । बिनोद कर्प अन्तरगत बिजी इन्टरनेशनको ‘लोट्टे लक्की ड्र’ उपहार योजना हस्तान्तरण गरिएको छ । गुणस्तरीय अन्तर्राष्ट्रिय उत्पादन नेपाली बजारमा उपलब्ध गराइरहेको बिजी इन्टरनेशनले ‘लोट्टे चोको पाई’ अभियान चलाएको थियो ।
बिनोद कर्पका अध्यक्ष बिनोद कुँवरका अनुसार सेप्टेम्बरदेखि डिसेम्बरसम्म QR स्क्यानमार्फत सहभागीहरु बीचबाट लक्की ड्र बाट प्रथम पुरस्कार अर्चना नातिकले SERES Mini EV कार, दोस्रो पुस्कार कृष्णमाया अधिकारी बास्तोलाले Yamaha Ray ZR स्कुटर र तृतीय पुरस्कार विनोद भुलेलले आईफोन जितेका छन् ।
कुँवरले पुरस्कार योजनालाई पारदर्शी, विश्वसनियता सुनिश्चित गर्न कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको बताए । उनले सम्पूर्ण विजेतलाई बधाई व्यक्त गर्दै अभियानलाई सफल बनाउन साथ, विश्वास र माया दिने सबै उपभोक्तालाई धन्यवाद समेत व्यक्त गरे ।

अध्यक्ष कुँवरले अगामी दिनमा बिनोद कर्प र बिजी इन्टरनेशनले यस्तै आकर्षक, पारदर्शी तथा उपभोक्तमैत्री अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।


अनलाइन डबली


