आज :

भक्तपुरका समस्या समाधान र जनताका आवाजलाई संसदसम्म पुर्याउन मेरो उम्मेदवारीः जैसी

  • अनलाइन डबली

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका पत्रकार जन्मदेव जैसीले भक्तपुरलाई इतिहास, संस्कृति र श्रमको शहरका रूपमा चित्रण गर्दै अझै पनि आधारभूत समस्या समाधान हुन नसकेको बताए ।

उम्मेदवारी दर्तापछि उनले भक्तपुरमा पानी र ढल व्यवस्थापनको समस्या यथावत् छ, युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर नपाएको, विकासको नाममा सम्पदा र खेती नष्ट हुँदै गइरहेको बताउँदै भक्तपुरका जनताको आवाज संसदसम्म प्रभावकारी रूपमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताए । उनले भक्तपुरका जनताका समस्याको समाधानका लागि आफू प्रतिनिधिसभा निर्वाचनमा होमिएको भन्दै जैसीले मतदातालाई ‘आँखा’ चिन्हमा मतदान गर्न अपील समेत गरे ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गराएका जैसीले लामो समयदेखि पत्रकार क्षेत्रमा रहेर श्रमजीविका पक्षमा संघर्ष गर्दै आएका थिए । उनि हाल श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष समेत हुन् ।

जैसीले अब आँखा चिम्लेर होइन, आँखा खोलेर राजनीति गर्ने समय आएको उल्लेख गर्दै समस्या देख्ने र समाधान खोज्ने राजनीतिको आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal