काठमाडौं । नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा युवा नेता लोकेन्द्र बहादुर सिँह (एलबी) केन्द्रीय सदस्यको सशक्त दावेदारमा देखिएका छन् ।
सुदूरपश्चिमको बझाङ घर भई अनेरास्ववियुबाट राजनीतिमा उदाएका सशक्त युवा एलबीले केन्द्रीय सदस्यमा अट्ने गरी तयारी थालेको बताए ।
११ औं अधिवेशनबाट नेकपा एमालेले २५१ केन्द्रीय कमिटी सदस्यमा यसपटक ४० बर्ष मुनिका युवालाई समेट्ने भएकोले धेरै युवा उम्मेदवार केन्द्रीय सदस्यको आकांक्षी बनेसङ्गै जिल्लामा रहेर पार्टी राजनीतिमा सक्रिय एलबीले पनि आफ्नो दाबी सार्वजनिक गरेका हुन् । एक कम्युनिस्ट कार्यकर्तामा हुनुपर्ने उच्च नैतिकता भएका उनी भूगोलमा रहेर काम गर्दा निर्धा र बेसहाराको आवाज भनेर चिनिन्छन् ।
पार्टी र नेतृत्व रक्षाका लागि पिल्लरको भूमिकामा रहेका एलबी व्यक्तिगत छविका कारण जनतामा पनि पृय छन् । को हुन लोकेन्द्र बहादुर सिँह (एल बी) २०५७ अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष २०६० सालमा पार्टीको संगठित सदस्यता प्राप्त २०६१ अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष २०६२ सालमा जयपृथ्वी बहुमुखी क्याम्पस बझाङको स्ववियु सचिब २०६२ देखि २०६५ सम्म अनेरास्ववियु बझाङ जिल्ला अध्यक्ष २०६६ साल सेती अञ्चल सह-संयोजक २०६७ सालमा त्रिभुवन विश्वविध्यालय अखिल फोर्स इन्चार्ज २०६८ सालमा केन्द्रीय कमिटी सदस्य २०७० सालमा अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य २०७२ सालमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज २०७६ सालमा अनेरास्ववियु स्थाइ कमिटी सदस्य २०७८ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिब तथा सम्पर्क बिभाग प्रमुख २०७८ सालमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य र खप्तडछान्ना गाउँपालिकाको उत्प्रेरक २०७९ सालमा जिल्ला कमिटी सचिवालय सदस्य तथा खप्तडछान्ना गाउँपालिकाको इन्चार्ज २०७९ सालमा खप्तडछान्ना गाउँपालिका अध्यक्ष पदको उम्मेदवार २०८० सालमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल प्रदेश अध्यक्ष २०८१ सालमा नेकपा एमाले बझाङ जिल्लाको पार्टी सचिबको उम्मेदवार २०८२ सालमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल को केन्द्रीय कमिटी उपमहासचिव हाल नेकपा एमाले ११ औं महाधिवेशनमा प्रतिनिधि तथा केन्द्रीय सदस्ययको उम्मेदवार ।


अनलाइन डबली


