
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध जेन्जीले चलाएको आन्दोलनलाई डकैत र लुटको संज्ञा दिएको छ । सो आन्दोलनबाट भएको आलो घाउ सेलाउन नपाउँद विभिन्न मिडियामा विज्ञापनकारुपमा सूचना जारी गर्दै लुट र डकैतको संज्ञा जेन्जीको आन्दोलनलाई बदनाम गर्ने र सङ्लिना लागेको अवस्थालाई भड्काउन खोजेको जानकारहरुले आशंका गरेका छन् ।
२०८२ भदौ २३ र २४ गते भएको सो आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकार हटाउनेदेखि राज्यका तीनवटै अंगलाई अस्तव्यस्त बनाएको थियो । सो बाट देशको प्रमुख प्रशासनीक केन्द्र सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय सितलनिवासलगायतका देशभरका अधिकाशं सरकारी कार्यालयहरु आगजनी र तोडफोडबाट ध्वस्त भएका थिए ।
त्यसैगरी निजी क्षेत्रका प्रतिस्ठित उद्योगी व्यवसायीहरुकाका ठूला उद्योग, होटल र सुपरमार्केटहरु पनि ध्वस्त भएका छन् । दलहरुका पार्टीकार्यालय, नेताहरुका घर सम्पत्ति मात्रै नभएर निर्दोष नागरिकहरुका निजी सम्पत्ति ध्वस्त भएका छन् । यस क्रममा ६ दर्जन बढी नागरिकले ज्यान गुमाइसकेका छन्, खरबौं मूल्य बराबरको धनसम्पत्तिको क्षति भएको छ, हजारौं नागरिकले रोजगारी गुमाएसँगै देश कम्तिमा पनि २ दशकपछि धकेलिएको छ ।
यस्तो अवस्थामा राज्यक विभिन्न निकायदेखि विदेशी मुलुकबाटसमेतले संयमताको अपिलत गरिरहेका छन् । त्यसैगरी तत्कालका लागि आफ्ना क्षति र पीडालाई भवितब्य ठानी थप घटना र आन्दोलन नहोस भनेर संयम्ता अपनाउन निजी क्षेत्रका संघसंस्थाले अपिल गरिरहेको सन्दर्भमा दर्दनका पीडाको आलो घाउ सुक्न नपाउँदै एनसेलले आन्दोलनकारीहरुलाई कानुनी कारबाहीको चेतावनीसहितको सूचना जारी गरिनु स्थिति भड्काउने किसिमको भएको जानकारहरुले आशंका गरेका छन् ।
स्मरणीय छ केही वर्ष अघि विप्लव नेतृतवको नेकपाले एनसेलले राज्यलाई तिनुपर्ने अरबौंको राजश्व नतिरेको भन्दै संघर्ष चर्काउँदा राज्यसँग मिलेर उसले सो पार्टीलाई प्रतिबन्ध लगाउन उक्साएको एक नेताले बताए । एनसेलले त्यसपछि पनि राज्यलाई तिर्न पर्ने राजश्व विभिन्न बहानामा नतिरेको र थप तिर्न पर्ने बक्यौता बाँकी रहेको स्रोत बताउँछ ।
संयोग नै मान्नुपर्छ सो समयमा पनि केपी ओलीकै नेतृत्वमा सरकार थियो र उसैले करिब ३ वर्ष प्रतिबन्ध लगायो करिब २ दर्जन होनाहार युवाहरुको साहदत भएको थियो । यो समयमा पनि एनसेलले देशमा भएको संघर्षमा उसैलाई मात्रै मार परेको जसरी धैर्यता र संयमता अपनाउनुपर्नेमा थप ‘आगोमा घ्यू थप्न खोजेको पो हो की’ विशेषज्ञहरु आशंका गर्दछन् ।
एनसेलले विमा दावीको प्रक्रिया मिलाउन यति धेरै भूमिका बाँधेको हुनसक्ने भए पनि सबैभन्दा असामान्य कुरा त के देखिन्छ भने कर्मचारीका लकर फोडी गरगहना पनि चोरी लगेको भनेको छ । अब भन्नुस कर्मचारीले ल्यापटपलगायतका सामान त कार्यालयको लकरमा राख्लान तर गरगहना के घरमा राख्न छाडेर एनसेल कार्यालयमा राख्लान त ?
एनसेलल विज्ञापनकारुपमा जारी गरेको अत्यन्त जरुरी सूचनाका यस्तो छः
“मिति २०८२/०५/२४ गतेका दिन भएको आन्दोलनका नाममा मौका छोपी विभिन्न समूहहरुले यस कम्पनीको मुख्यालय “एनसेल आइकन” लैनचौर, काठमाडौंसहिति महेनद्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरुलाई गम्भीर क्षति पुर्याउँदै आगजनी र डकैतीका घटनाहरु भएका छन् । सोही दिन कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा, नगद, सेफहरु एवं कार्यालका महत्वपूर्ण अन्य कागजात अगजनी र डकैती गरी लुटेर लगिएका छन् । यसैगरी ल्यापटप, टेलिभिजन, अत्यावश्यक विद्युतीय उपकरणहरु लगायतका सामानहरु, कर्मचारीका ल्यापटप र उनीहरुका लकर फोडी व्यक्तिगत सामान तथा गरगहनाहरु चोरी भएका छन् ।
तोडफोड, आगजनी र डकैतीका घटनाको आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा सिसिटिभि फुटेजहरुसहिति उजुरी दर्ता गरिएको हुनाले कसैले एनसेल आइकनसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरुबाट यस्ता उपकरण र सामानहरु लिएको वा प्राप्त गर्नुभएको भए ती सामानहरु नजिकैको प्रहरी कार्यालयमा आई बुझाई दिन हुन अनुरोध गर्दछौं । अन्यथा कानुन बमोजिम भई जनो व्यहोरा समेत जानकारी गराउँदछौं ।”