
काठमाडौं । रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ ।
रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी रहेको जनाएको हो ।
उता, युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १०ः०० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू भएको पुष्टि गरेको छ ।
ती क्षेत्रमा युद्ध थप चर्किँदै गएको र अग्रपंक्तिमा तीव्र भिडन्त जारी रहेको युक्रेनले जनाएको छ ।