
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्।
जेनजी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि बालेनले सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै तिखो आक्षेप् लगाएका हुन् ।
“तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्,” बालेनले लेखेका छन् ।