आज :

माओवादीको अभियान पुनः सुरुः भोर्लेटारमा प्रचण्डको मार्निङ वाक, सहिद परिवारसँग भेटघाट

  • अनलाइन डबली

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गरेका छन् ।

यस क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे ।

त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उहाँले विद्यालयप्रति चासो व्यक्त गरे ।

अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दा को सहभागिता हुनुका साथै ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन ।

बर्षाका कारण स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रीत माओवादीको अभियान आजबाट पुनः सुरु भएको छ । अभियानमा अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal