आज :

एमाले विधान महाधिवेशनः विद्या भण्डारी पक्षको मतलाई निषेध, थापाले समूहमा बाँडे

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनको आज दोस्रो दिन शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशन गोदवारीमा जारी रहेको छ । महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको फरक मत पेन गर्न दिइएको छैन ।

भण्डारीको पक्षबाट स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्ने तयारी गरेका थिए । सचिवालय बैठकले फरक मत महाधिवेशन हलमा राख्न दिने बताएको थियो ।

पार्टी अध्यक्ष केपी शर्माले नै फरक मत राख्न कर्ण थापालाई समय नदिएको एक नेताले बताए । उनका अनुसार कार्यसूचीमा फरक मत पेश हुन नदिएपछि भण्डारी पक्षले समूहमा मत बाँडेको छ ।

हिजो पहिलो दिन अध्यक्ष, उपाध्यक्ष र महासचिवको प्रस्ताव पेस गरेका थिए । आज विभिन्न आयोगका प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेपनि भण्डारी पक्षको फरक मत पेस हुन नदिएको थापाले गुनासो गरेका छन् ।

अध्यक्ष ओलीले फरक मत पेस गर्न समय नदिएपछि भण्डारी पक्ष आक्रोसित बनेको छ । सो पक्षले ओली अलोकतान्त्रिक र निरंकुश बनेको आरोप लगाएको छ ।

महाधिवेशनमा अन्य प्रतिवेदन पेस भएपछि समहुगत छलफल सुरु भएको छ । कार्यसूचीमा राखेर फरक मत राख्न नपाएका थापाले समूहमा भने आफ्नो प्रतिवेदन बाडेका छन् ।

भण्डारी पक्षको फरक मत सचिवालय बैठकले अघि बढाइएको थियो । भण्डारी पक्षबाट थापाले ३२ पेज लामो फरक दस्ताबेज तयार गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal