
पदम श्रेष्ठ –
बर्तमानमा राजनितिक नेतृत्व , जनअवधारणासमेत अनियन्त्रीत, अराजक मत्च्छे न्यायको शिद्धान्त अनुरुप अगाडी बढीरहेको देखिन्छ । कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनिएझैं ,देशमा कृषि उत्पादन ,जलस्रोतमा आत्मनिर्भर ,धार्मिक पर्यटनगरी स्वदेशमानै कसरी युवा शक्तिलाई काम दिन सकिन्छ भनेर राजनितिक पार्टीमा नेता जनतामा विचार विमर्श अन्र्तकृया हुनुपथ्र्यो तर त्यसको ठिक विपरित ताई न तुँई संग राजाबादी कि गणतन्त्रबादी , केपि वली कि विद्या भण्डारी , चुच्चे नक्सा कि थेप्चे नक्सा भनि सडक सडकमा नारा जुलुस गरी जनता भड्काउने काममा नेताहरु लागिरहेका देखिन्छन् । यसको एउटै कारण तत्कालिन राजा , राजनितिक पार्टीहरु र १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन गरेर आएका विद्रोही शक्ति माओवादीलेपनि विदेशी शक्त्तिसंग समझदारीमा गरेर आएको परिवर्तन नै हो भन्ने मेरो ठहर छ । यस सम्झौताले झण्डै पाँच हजार वर्ष भित्र राज्य चलाएका एक सय २७ बशंज राजतन्त्रलाई पाखा त लगाईयो तर निर्मुलै भने पार्न सकिएको स्थिति थिएन त्यो । फलस्वरुप अंजेरो ढुसी रुपि राजतन्त्र , हिन्दुस्थानी राष्ट्रियता हिन्दु राष्ट्रको भुत र सामन्ती स्वषक पहाडी बाहुनबादी राज्य ब्यवस्थाले टाउको उठाईरहेको पाईन्छ । हुन त एकल खस पहाडी बाहुन जातिय नश्लीय राजतन्त्र र हिन्दु राष्ट्रको भुतले तर्साइ मात्र रहने हो । मसानबाट उठेको भुतले राज्यनै गर्छ भन्ने कुरा चाहि स्वयम वाहुन ६ सरकार र क्षेत्री ५ सरकार मान्ने राजाबादीहरुमा पनि छैन । तर त्यो भुतले तर्साई रहनु वर्तमानमा राज्य सत्ताको वागडोर सम्हालेका वा पक्ष प्रतिपक्ष भनिएका नेताहरुले श्राद्ध राम्रो संग गर्न छोडी पितृलाई चढाएको पिण्डो नै खाने हानथाप गर्नु र खानुको कारण यस्तो स्थिति आएको हो । जसले जे भनेपनि देशी विदेशी शक्तिहरुको मिलिभगतमा षडयन्त्रमुलक ढङगमा राजा विरेन्द्र परिवारको वंशनाश नगरिएको भए नेपालमा गणतन्त्र कुनै हालतमा आउदैन थियो भन्ने आधार जनजनमा पाईन्छ भने जस्तै अब एकल खस ५ सरकार बाहुन ६ सरकारको जातिय भाषिक समुदायको राजतन्त्र र हिन्दुस्थानी राष्ट्रियताको पहिचान हिन्दु राजतन्त्र कुनैपनि हालतमा आउदैन भन्ने कुरापनि जनजनमा ब्यापक छ । तर हामीले के पनि भुल्नु हुदैन भने गणतन्त्र ,संघियता ,धर्म निरपेक्षता आउनुको मुल कारण माओवादी पार्टीको अगुवाईमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको आधारमा टेकेरनै आएको हो । माओवादीको नेतृत्वमा गणतन्त्र आउनुअगाडि राज्यसत्तासंग पहुच बनाएका सामन्ती क्षेत्री ,वाहुन, नेवार , राई , लामा , गच्छादार ,चौधरी झा ब्राह्मणवादीको घर खेतमा सिटटैंमा काम गरिदिनुपर्ने आदिवासी जनजातिहरु ह्रुवा चरुवा ,कमैया जस्ता तल्लो दर्जाको नियति भोग्न बाध्य थिए । दलित समुदायलाई त पशुसरहको ब्यवहार गरिन्थ्यो भने महिलाको हालत दास दासीको सरह बनाईएको थियो । जसको विरुद्धको आन्दोलनमा यी समुदायको ठुलो साथ सहयोग र भरोसा थियो माओवादी जनयुद्धलाई । त्यसैगरी नेपाली नै नभएको अनागरिकको आरोप खप्न बाध्य मधेसी, मुसलमानसमुदाय , सनातनभाव भएका वैदिक सनातनीदेखि बुद्ध जन्मस्थल नेपालबाट बौद्ध भिक्षुहरुनै देश निकालामा परेकासम्मको पिडा थियो देशमा । विदेशी धर्मको आरोप खेप्न बाध्य क्रिश्चियन , श्रमजिवि किसान थारु कमैया, हरुवा, चरुवा,बँधुवा , वाध्यात्मक यौन ब्यवसाय अगाल्न विवस बादी , मानिस भएरपनि मान्छे भएर वाँच्न नपाएका तेस्रो लिङगी , काम गरेरपनि तलबै नपाएका उत्पिडित मजदुर ,वर्ग समुदायहरुको प्रत्यक्ष अप्रत्यक्षरुपमा एक्यवद्धताले मात्र जनयुद्ध सफल भएको हो ।
जुन आन्दोलनलाई पिछडा वर्ग, भूमिहीन उत्पीडित सुकुम्बासी लगायतले आ–आफ्नो कोणबाट साथ सहयोग र भरोसा दिएपछि झण्डै १७ हजार जनाले प्राणको आहुति र लाखौं अपाङग र हजारौं जनले बेपत्ताको नियति भोग्नुपरेको पिडा पारगर्दै झण्डै एकसय ५ वर्षपछि भएको संविधानसभाको निर्वाचनले दोस्रो प्रयासमा संविधान निर्माण सम्पन्न हुन सकेको हो ।
जसले एकल हिन्दु पहाडी खस ५ सरकार र बाहुन ६ सरकारको जातिय, भाषिक , धार्मिक संरचना ध्वस्त गर्दै १०२ जातजाति, १२२ भन्दा बढि भाषा–भाषी र बिबिध धर्मको साझा संघीय नेपाल निर्माणको मार्ग खुलेकै हो । जसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड , डा. बाबुराम भटटराई , मोहन बैद्य किरण जस्ता बाहुन थरका नेताहरुले गर्नुभएको थियो ।
तर यहाँ ब्राह्मणबाद भनिरहदा मात्र खस पहाडी थरका बाहुनलाई मात्र सोच्ने गलत मानसिकता बिकास भएको पाईन्छ । बास्तवमा ब्राह्मणबाद सबै जातिभित्र पाईने अमेरिकी साम्राज्यबादको घरेलु नाउँ हो भन्ने तथ्यलाई बुझ्नु पर्ने हुन्छ । जस्तै ः
१) ब्राह्मणबाद नेवार समाज भित्र स्यस्यःबाद अर्थात श्रेष्ठबादलाई लिन सकिन्छ । बहुसख्यक ज्यापु किसान , पोडे खड्गी ,कुश्ले समुदायमाथि राजसंस्थाको आडमा श्रेष्ठ भाईभारदारहरुलें अनेक तरहबाट स्वषण गरी दवाउने कार्य भएको थियो ।
२) थारु समुदाय भित्रै दारुखाने थारुलाई थारु खाने स्वजातिय थारु गच्छादार
,चौधरीहरु बाटैपनि दरवार प्रशासनको आडमा व्यापक स्वषण गरिदै आईरहेको थियो
३) किरातमा राईकरणको मार र सुब्वाबादले स्वजातिय लामो समयसम्म प्रताडित भईरह्यो । दरवारका लागि किपट उठाउन खडा गरिएको राई र सुब्वापदको दुरुपयोग गरी स्वजातिय स्वबासीलाई हुनसम्म स्वषण गर्ने ,जवर्जस्र्ती हिन्दुस्थानी राष्ट्रियताको पहिचान हिन्दुलाई धर्मको रुपमा मान्नैपर्ने गराएको थियो ।
४) तामाङ ,गुरुङ ,शेर्पा , मगरमा पनि लामाबाद अर्थात मरेको लासलाई स्वर्ग
पुर्याईदिने नाउँमा चार दिन सम्म घेवा गराउने र भएभरको सिरिखुरी दान
गर्न लगाएर स्वषण गरिरह्यो ।
५) पिछडा वर्गमाथि मधिसे बाहुनको प्रताडना र दलित भित्रैपनि छुवाछुत तल्लो
जात ,माथिल्लो जातको भेदले प्रमाणित गर्दछ ।
६) अरु त अरु उत्पिडित भनिने दलित भित्रैपनि दमाई ,सार्की , बादी लगनयतका
समुदाय भित्रैपनि बिश्वकर्माबादले स्वजातिय प्रताडित भैरह्यो ।
जुन भेद विरुद्ध माओबादी मात्र होईन , काग्रेंस ,कम्युनिष्ट , मधेसबादी पार्टी , नेपाल मजदुर किसान पार्टी जस्ता आदर्शबादी पार्टी भित्रका उत्पिडित नेता कार्यकर्ताको पनि एक्यवद्धता थियो । जुन जनयुद्धले सबै जातिय समुदायमा रहेको ब्राह्मणबादी कुसंस्कारलाई हटाउन चेतनशील बनायो भने तल्लो तहका जनसमुदायलाई जुरुक्कै उठायो र जल, जमिन, जंगल, जडिबुटी, खनिजमा आदिवासीय अग्राधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले समेत आदिवासी आवाजलाई सम्बोधन गर्दै १३ सेप्टेम्बर २००७ मा महासन्धि पारित ग¥यो । पारित महासन्धीलाई ०६० फागुन १८ गते नेपालको संघीय परिषदले पनि अनुमोदन ग¥यो
फलस्वरूप देशमा गोपालकालदेखि शाहकालसम्मको १२७ वंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, हिन्दुस्थानी राष्ट्रिय पहिचान हिन्दु धर्मको ठाउँमा धर्म निरपेक्षता, जातिय तथा धार्मिक, छुवाछुतजन्य विभेद अन्त्यको घोषणा गर्दै दोस्रो संविधानसभाले समानुपातिक समाबेसिय संविधान अति कष्टका वीच पारित गर्यो ।
यसका लागि १७ हजार नागरिकले शहादत प्राप्त गरे । लाखौं जनले अपाङ्गता र वेपत्ताको पीडा खेप्नुप¥यो । जुन आन्दोलनमा मारिएकाहरुको दोष माओबादी अध्यक्ष प्रचण्डलाई लगाएर राजाबादीहरु पानीमाथिको ओभानो बन्ने दुस्प्रयास गर्ने गरेको पाईन्छ जुन सत्य होईन । राजा , काग्रेंस र एमालेकोपनि बेलाबेलामा प्रत्यक्ष शासन सत्ता भएको बेला माओबादी भनिनासाथ सेना, प्रहरी र गाउँका सामन्ती थालुहरुको चुकडी लगाएर हत्या , हिन्सा ,बेपत्ता बनाउने कार्य भएको सर्वविदितै छ । जनआन्दोलन दबाउनैका लागि नेपाली कागें्रसका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीत्वको कार्यकालमा घाँटीको मुल्य तोक्ने सम्मको घोषणा भयो । तर उत्पिडित जनको साथ सहयोग र भरोसामा आन्दोलनको परिणामतः पिडालाई संबोधन गर्न जहाँ जसलाई जहाँ नेर दुःखेको छ त्यहिबाट समस्या समाधानगर्दै लानुपर्छ भन्ने मुल लक्ष्यका साथ यसरी वर्गिकृत गरियो ।
(जसअनुसारः अदिबासी जनजातिमा )
लोपोन्मुख ः .राउटे,कुसुण्डा,सुरेल,हायु,.राजी,किसान,.लेप्चा ,मेचे,,कुशवाडिया
अति सीमान्तकृत ः माझी, सिघार, शिङ्सा, थुदाम, धानुक,.चेपाङ, सतार
( सन्थाल ), झागड, थामी, बोटे, दनुवार, बराम
सीमान्तकृत ः सुनुवार, थारू, तामाङ,ुजेल, कुमाल,राजवंशी, गन्गाई,
धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला ,
डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, बालुङ
सुविधा बञ्चित ः गुरूङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्बे, तीनगाउँले, बाह्रगाउँले,मार्फाली, शेर्पा, याक्खा,छन्त्याल,जिरेल,व्यासी,ह्योल्मो
उन्नत समूह ः नेवार,थकाली मा वर्गिकरण भयो ।
त्यसैगरी उत्पिडित पहाडी दलितमा ः
(१) कामी (२) सार्की (३) गन्धर्व (४) दमाई ( ५) वादी
मधेसी दलितमा
१) खत्वे (मण्डल)ः, २) दुसाद,पासवान हजारा)ः ,चमार ः (राम, हरिजन) ,४.मुसहरः , ५. तत्माः ६.डोमः ७.मेस्तर (हलखोर)ः, ८.वातर (सरदार)ः, ९. कोरीः ,१०. खटिकः, ११ं पत्थरकट्टाः, १२. धोवीः ,१३ ) सरभंग (सरवरिया)ः,१४.चिडीमारः १५.पासीः
(मधेसी पहिचानका जातजाति) मधेसी व्राम्ह्ण ः हलुवाई ,राजपुत,काायस्थ,झा, ।
पिछडा वर्गः यादव,तेली,वानीया,मल्लाह,कलवार,हजाम÷ठाकुर,कानु,सुडि,कुम्हार,.नुनिया,बाँतर,वरई,कहार,ं राजभार,लोढ, विण्ड,नराङ,भेडिहार, डेरी,माली,धुनिया, मुण्डा,.सोनार, जोगिया,.कुशवाडिया, केवट,सैनी,अमात,रौनियार,देव,केवरत ।
आप्रवासी जात थर ः
पञ्जावी,मुसलमान ,मारवाडी ,जैन, वंगाली ।
अल्पसंख्यक यौनिक समुदाय ः
तेस्रो लिङ्गी, द्विलिङ्गी, अन्तरलिङ्गी, समलिङ्गी महिला, समलिङ्गी पुरुष नाउँमा वर्गिकरण भयो ।
तर कार्यान्वयनमा भाईरस पसेपछि ……
जनयुद्ध ताका सामन्तीलाई भाते कार्यवाही , स्वषकको प्राण हरण , अर्कालाई काम गराई खानेको जमिन लुटेर काम गरी खानेलाई सामुहिक खेती गराउने र लागु पदार्थ दुव्र्यसनी ,ब्यभिचारीलाई श्रम शिविरलगायतका रचनात्मक काम गर्दा जन जनमा ब्यापक भिजेको माओवादी नेतृत्वले जव पहिलो निर्वाचनमा नै दुई तिहाई वहुमत ल्याई देशको सबैभन्दा ठुलो राजनितिक पार्टी भयो । हो , त्यही बेला जनयुद्धको लासको थुप्रोबाट उठेको माओवादी जनआन्दोलनको नेतृत्व ७ भन्दापनि बढी टुक्रामा विभाजित भयो , गर्यो वा गरायो । यदि सडकमा हुदाकै बेला जस्तैगरी सरकार र सदनमा हुँदापनि काम गरेर लगेको भए माओबादी सरकारको विकल्प आउन थुप्रै समय लाग्थ्यो ,तर कामकुरो एकातिर कुम्लो बोकी थिमीतिर भनिएझैं जनतालाई उपलब्धी दिनेबेलामा आफु आफुनै आमा चकाडी गाली बेईज्जतीमा उत्रने ,टुक्रने ,आफ्नै नाताकालाई मात्र पद पैसा र राजनितिमा भित्राउने भएपछि फङगस ढुसी रुपि राजतन्त्रले टाउको उठाएकै हो । यदि भ्रष्टाचरीको आरोप लागेको नेताहरुको नेतृत्वको भाईरल सरकारहरुले आफ्नो नियत नियति र कर्ममा स्वच्छता नल्याएमा त्यहि ढुसी रुपि राजतन्त्र पुर्नस्थापना हुन बेर लाउदैन किनकी समयमानै उपचार नगरे शरीरमा रोगले जरा गाढ्छ अबस्यनै तर जनता तावाको माछा भुङग्रोमा भनेजस्तै भईरहनेछन् अबश्य ।?