आज :

विद्यार्थी बोक्न छोडेर निजी स्कुल संचालक बस र्‍यालीमा

  • अनलाइन डबली

काठमाडौँ । विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्‍याली गरेका छन् ।

समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका विद्यालयहरुले बस ¥याली गरेका हुन् । भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने ¥यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal