आज :

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच सम्झौता, कर्मचारी र ग्राहकलाई होटलमा छुटैछुट

  • अनलाइन डबली

पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.-२ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यवसायीक साझेदारीको लागि एक कार्यक्रमबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (Owner) र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal