आज :

बालेनका विरुद्ध कवाड व्यवसायीले गरे प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् ।

आज (मंगलबार) काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायी माथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरुले प्रदर्शन गरेको हो ।

उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहदैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौ । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौ भने मेयरले त्यसो भन्ने अधिकार छैन नि ।’

उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरुलाई हटाउन खाजेको पनि बताए ।

‘गरिवको घरमा डोजर लगाइदिने ? सबै भत्काएर भगाइदिने ? काठमाडौंबाट कवाडलाई हटाएर एक अरव रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो ।’ उनले भने,

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal