आज :

मकवानपुरमा चट्याङ पर्दा १ को मृत्यु, ११ घाइते

  • अनलाइन डबली

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार साँझ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा घाइते भएकामध्ये १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ७२ वर्षीया सानुमाया घलान, ३७ वर्षीय राजकुमार घलान, ३२ वर्षीया शान्ति घलान र उनकी २ वर्षीया छोरी सारा घलान रहेका छन्। त्यस्तै ५० वर्षीय प्रमाणसिंह तितुङ, ४४ वर्षीय पानबहादुर मुक्तान, ३४ वर्षीय प्रेमबहादुर घलान र १२ वर्षीय आर्यन तितुङ पनि घाइते भएका छन्।

सबै घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल प्रमुख डा. रश्मी झाका अनुसार गम्भीर अवस्था नरहेकाले सामान्य उपचारमै व्यवस्थापन गरिएको छ।

घटनापछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती अस्पताल पुगेर उद्धार र उपचार व्यवस्थामा सहयोग गरेका थिए । उनले सबै घाइतेको उपचार निःशुल्क हुने जानकारी दिँदै २ वर्षीय सारा घलानको परिवारलाई तत्कालीन सहयोगस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal