आज :

गौर घटनामा सर्वोच्चको परमादेशविरुद्ध जसपाको सर्लाहीमा विरोध

  • अनलाइन डबली

सर्लाही । गौर घटनाको छानबिनका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जालझेलपूर्ण’ भन्दै सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ ।

विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले मानवअधिकार संस्थाहरू—विशेषगरी इन्सेक—ले सार्वजनिक गरेको प्रतिवेदनलाई सर्वोच्चले बेवास्ता गरेको भन्दै मधेशी जनताको संघर्षप्रति अन्याय गरिएको आरोप लगाए ।

विरोधसभामा जसपाका पूर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको बताए । उनले सहिदहरूको बलिदानलाई न्याय नदिने आदेशलाई अस्वीकार गर्ने चेतावनी दिँदै भने, ‘गौर घटना मधेश आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न सकिँदैन ।’

त्यसैगरी जसपाका नेता विजय यादवले घटना भएको झण्डै १९ वर्षपछि समेत राज्यले पूर्वाग्रही राजनीति गर्दै संघीयता र पहिचानको मुद्दा कमजोर पार्न अदालतलाई प्रयोग गरेको आरोप लगाए । २०६३ साल चैत ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal