आज :

इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं ।  इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी योजनाले कम्तीमा २० बन्धकको ज्यान जोखिममा पार्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकै क्रममा एकदिने राष्ट्रिय हड्तालसमेत आह्वान गरिएको थियो, जसका कारण केही क्षेत्रका सडक, कार्यालय तथा विश्वविद्यालयहरू बन्द रहे । दिनभर चलेको विरोध प्रदर्शनमा करिब ४० जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यता प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने प्रदर्शनको आलोचना गरेका छन् । उनले यस्ता विरोधहरूबाट ‘हमास अझ कठोर बन्न सक्छ’ भन्दै बन्धकको रिहाइमा ढिलाइ हुने चेतावनी दिएका छन् ।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथिको आक्रमणपछि सुरु भएको थियो । उक्त हमलामा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले गाजामा बन्धक बनाएको थियो ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ६१,००० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal