आज :

“काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ” भन्ने समाचार तथ्यहीन : निगम

  • अनलाइन डबली

काठमाडौं ।  नेपाल वायुसेवा निगमले विभिन्न सञ्चार माध्यममा प्रकाशित “काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ” भन्ने समाचारलाई तथ्यहीन, भ्रामक र दुष्प्रचारजन्य भएको भन्दै खण्डन गरेको छ।

निगमका प्रवक्ताहरू मनोज कुमार साह र सुवास डाँगीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि निगमको जहाज नियमित उडान तालिकाअनुसार हङकङ उडान गरिएको हो र उक्त दिनको उडानमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी सहित टोलीको यात्रा संयोग मात्र रहेको हो।

यस्तो छ प्रेस विज्ञप्ति:

 

मितिः २०८२÷०४÷२७
प्रेस विज्ञप्ति

नेपाल वायुसेवा निगमको साखमा आँच आउने गरी विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएको “काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ” भन्ने आशयकोे समाचार तथ्यहीन, भ्रामक र दुष्प्रचारजन्य भएको हुनाले उक्त समाचारबाट आम जनमानसमा सिर्जना भएको भ्रम निवारण गर्न तथा यथार्थ जानकारी दिने उद्देश्यले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. निगमको जहाज नियमित उडान तालिकाअनुरुप हङकङ उडान गरिएको विषयलाई विषयान्तर गरी निगम अध्यक्ष लिन हङकङ उडान गरिएको भन्ने तथ्यहीन समाचारप्रति निगम दुःख व्यक्त गर्दछ ।

२. निगमको एउटा जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं–दम्माम सेक्टरको उडान रद्ध गरिएको थियो र उक्त सेक्टरको यात्रुहरूलाई निगमकै खर्चमा अन्तर्राष्ट्रिय उड्डयन संस्थाको नियमानुसार बासको सुविधा उपलब्ध गराइएको थियो । साथै उक्त सेक्टरमा होल्ड भएका यात्रुहरूलाई अर्को दिन वैकल्पिक उडानमार्फत् गन्तव्यमा पु¥याउने व्यवस्था समेत गरिएको थियो ।

३. निगमको जहाज नियमित तालिकाअनुरुप उडान गर्दैगर्दा बिचमा अचानक प्राविधिक समस्या आएको कारणले कुनै न कुनै सेक्टरको उडान अवरुद्ध हुने परिस्थितिमा तत्काल उडान भर्ने दम्माम सेक्टरनै रद्ध हुन गएको थियो ।

४. निगमले आफ्नो उडान तालिकाको प्रभावकारिता कायम गर्न एउटा उडान स्थगित भएपछि अर्को उडानलाई असर नगर्ने हेतुले हङकङ उडान संचालन गरेको हो । उक्त दिनको उडानमा निगमका कार्यकारी अध्यक्ष लगायतका टोली फर्किने संयोग मात्र परेको हो ।

५. निगमका कार्यकारी अध्यक्ष नेतृत्वको टोलीको हङकङ भ्रमण निगमको उडान सेवा विस्तार, बजार सुदृढीकरण, कार्गाे तथा यात्रु सेवा सुधार र स्थानीय सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न औपचारिक रूपमा एक महिना अगाडि स्वीकृत योजनाअनुसार नेपाल–हङकङ उडानको ४३ औँ वर्षगाँठको उपलक्ष्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कार्गाे ट्रयाकिङ्ग सिस्टम, उडान ढिलाइ तथा रद्द हुने समस्या समाधान, वाइडबडी जहाजको प्रभावकारी प्रयोग गर्ने विषयमा हङकङस्थित सरोकारवाला ट्राभल एजेन्सी तथा नेपाली समुदायसँग प्रत्यक्ष छलफल भएको थियो ।

६. हङकङ भ्रमणमा सहभागी निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल र सिनियर पाइलट विजय लामाको उपस्थिति बजार वृद्धि गराउन तथा जनगुनासो सम्बोधन गरी व्यावसायिक आवश्यकता पूरा गर्न केन्द्रित थियो र सो कार्यक्रममा सहभागी हुँदा अनधिकृत सहभागिताको हल्ला चलाउनु निराधार र दुर्भावनापूर्ण छ । निगम कार्यकारी अध्यक्षको भ्रमण पूर्ण रूपमा स्वीकृति प्राप्त, नियमअनुरूप र व्यावसायिक आवश्यकताबाट निर्देशित थियो । नेपाल–हङकङ उडानको ४३ औँ वर्षगाँठको उपलक्ष्यमा सम्पन्न भएको कार्यक्रम “हङकङ–नेपाल उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट गरौँ” भन्ने नाराका साथ भव्यरुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

. कार्यकारी अध्यक्ष हङकङ पुगेका बेला त्यहाँस्थित नेपाली साहित्यानुरागीहरूले आयोजना गरेको कार्यक्रममा बिदाको दिन छोटो समय सहभागी हुनभएको विषयलाई गलत तरिकाले व्याख्या गरिएको निगम स्पष्ट पार्दछ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको छविमा आँच पु¥याउने नियतले लेखिएका यस्ता समाचारप्रति निगमको गम्भिर ध्यानकर्षण भएको छ । निगमसम्बन्धी समाचार प्रकाशित गर्दा निगमको आधिकारिक स्रोत प्रवक्तामार्फत् तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई निगम अनुरोध गर्दछ । निगम सदैव पारदर्शिता, पेशागत मर्यादा र यात्रुहरूको हित तथा हवाई सुरक्षालाई प्राथमिकता दिंदै अघि बढिरहेको छ ।

मनोज कुमार साह सुवास डाँगी
प्रवक्ता (प्रा.) प्रवक्ता
नेपाल वायुसेवा निगम नेपाल वायुसेवा निगम

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal