
काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ़ संघले शुक्रबार कास्की जिल्ला पोखरामा बंगाली कालिगढहरु माथि भएको धरपकडसहितको बिषयमा आकस्मिक विशेष छलफल भेला गरेको छ। आज भएको भेलामा सुनचांदी पेशाका करिगद उद्यमीहरुको शान्ति सुसक्षा , चुनौती र समाधान उपाय विषयमा छलफल भेला कार्येक्रममा नेलाली र बंगाली करिगदहरुको ब्यापक उपस्थिति रहयो ।
संघका अध्क्षय अर्जुन बिश्वकर्माले शुक्रबार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. क्रमशः १, २, ३, ४ १९ मोरियारोल, भैरवटोल, चिप्लेढुंगा, पृथ्वी घोक लगायतका क्षेत्रमा प्रहरीले बंगाली कालिगढहरु माथि गरेको धरपकडसहितको घटनाप्रति संघले ध्यान आकर्षण भएको बताए ।
अध्क्ष्य विश्वकर्माले प्रहरीले छापामार शैलीमा कारखानामा प्रवेस गरि सुनचांदी गरगहना नियेंत्रनमा लिएको आरोप लगाए । उनले व्यक्तिगत सम्पत्ति सम्बन्धी ऐन, मौलिक अधिकार तथा व्यवसायिक नीति विपरित सम्बद्ध कालिगढ़ संघलाई समेत बिना सूचना, स्थलगत सि.सि. क्यामेरासमेत बन्द गर्न लगाई हातहतियारसहित कार्यस्थल तथा निजी बसोबासस्थलमा छापामार शैलीमा प्रवेश गरी लत्ता कपडा, खाद्यन्न तथा निजी प्रयोगका घरायसी सामग्रीहरु छरपष्ट पार्ने, परिवारका सदस्यहरुलाई समेत धरपकट गर्नु निन्दनीय भएको बताए ।
‘ परिवारका सदस्यहरुले लगाइरहेको अवस्थाका गरगहना र व्यवसायीहरुले गहना निर्माणका लागि चलानी बिलसहित दिइएको सुनसमेत नियन्त्रणमा लिइएको छ। यो स्वतन्त्र व्यवसायिक नीति, व्यक्तिगत सम्पत्ति ऐन तथा मानवअधिकार, स्वतन्त्रता सम्बन्धी कानून तथा मौलिक हक विपरित छ।
कुनै पनि व्यवसायका आफ्नै मूल्य, मान्यता, विधि र पद्धति हुन्छन्। सुनचाँदी पेशा, व्यवसाय, गहना निर्माण तथा उत्पादन क्षेत्रका पनि आफ्नै मूल्य, मान्यताहरु छन्। परम्परागत रुपमा पत्दै आएको यस पेशाका केही कानूनी व्यवधानहरु पनि छन्। व्यवसायी तथा कालिगढहरुलाई राज्यसंग स्पष्ट नीतिको माग गर्दै सडक आन्दोलनसम्म गरेको कैयन इतिहासहरु छन् । तर, राज्यले यस पेशा, व्यवसायलाई कानूनी सुव्यवस्थाको मार्गमा लगी व्यवसायी तथा कालिगढहरुलाई प्रोत्साहन गर्नु त कता हो कता व्यवसायलाई नै धराशायी गराउने किसिमको मिसन चलाउनु आफैमा लज्जास्पद छ। ’उनले बताए ।
यसै गरि सहभागी बंगाली कारिगदहरुले आफुहरुको पेशाको सुरक्षा नभएको भन्दै पेशानै बन्द गर्नु पर्ने अवस्था आएको बताए । उनीहरुले नेपालमा तीसौ बर्ष देखि मेहनत गरेको बापत कमाएको केहि केहि सुनलाई अबैध भनि राज्यले धरपकड गर्दा सुरक्षाको नभएको बताए ।
संघले कारिगदहरुलाई ब्यपारीहरुबात गहना बनाउन सुनचांदी लिदा चलाई बिल बिना काम नलिन आग्रह गरेको छ,भने पोखरा घटनामा जोडिनुभएका निर्दोष व्यवसायी तथा कालिगढहरको परिवारजनमा उच्च मनोबल कायम रादे न्यायिक लडाईमा लागिरहन आव्हान गर्दै यस संप सदैव पीडितहरुको पक्षमा सशक्र रुपमा उभिने प्रतिबद्धता गर्दै निष्पक्ष छानविन गरेर दोषी उपर कारवाही तथा निर्दोषलाई क्षतिपूर्तिसहित न्यायिक निरुपणको जोडदार माग गरेको छ ।