आज :

मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैंस हिउँ चितुवा

  • अनलाइन डबली

मनाङ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालका हिमाली भेगमा पाइने गरेको छ । स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँ चितुवा हालै मुस्ताङ्गको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको प्राकृतिक बास्थानमा देखिएको छ ।

यही साउन ४ गते उक्त प्राकृति वासस्थानमा मनाङका कर्मा छिरिङ गुरुङ्गले आफ्नो मोबाइलबाट एक बैंस हिउँ चितुवाको तस्विर कैद गरेका थिए । मानिसको नजरमा बिरलै देखिने भनिएको हिउँ चितुवा हिजोआज सर्वसाधरणले पनि सजिलै देख्न थालेका छन् । नेपालमा यसको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान गरिन्छ ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ ।

तस्विर: कर्मा छिरिङ गुरुङ्ग, मनाङ । 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal