आज :

एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् ।

संसदमा प्रस्तावमा गरिएको मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि आफ्नो धारण राख्दै उनले भने, ‘प्रविधिको दुरुपयोगले अपराधका प्रकृतिहरु बदलिएका छन् । बदलिएका अपराधका प्रकृतिहरुलाई कसरी हामीले नियन्त्रण गर्ने महत्वपूर्ण कुरा छ । प्रविधिले मानव बेचविखनलाई विस्तार गर्न वातावरण सहज बनेको अवस्था छ ।’

उनले वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) गर्ने विधेयकले काम गर्नुपर्ने बताए ।

उनले भने, ‘मानव तस्करी र बेचविखन दुई तरिकाले भइरहेको छ । एउटा अवैधानिक समुद्र पार, बोर्डर पार र स्थानीयरुपमा पनि भइरहेका होलान् । वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको छ । खाडि मुलुकमा पुगेका महिलाहरु एकदमै यौन शोषणमा पर्नुभएको र ठुलो दुख खेप्नु परेको छ ।  वैधानिकरुपमा भिजिट भिषा लगायत अन्यका रुपमा बेचिरहेका छन् । त्यसलाई यो ऐनले कसरी नियन्त्रण गर्छ हेर्न जरुरी छ ।’

उनले युवाहरु गाउँबाट सहर पस्दा नै बेचिन सुरु हुने भन्दै एउटै युवा पटक पटक बेचिने गरेको बताए ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal