आज :

गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलत ः विजय लामा

  • अनलाइन डबली

काठमाडौं । वरिष्ट क्याप्टेन विजय लामाले प्रजातन्त्र र गणतन्त्र आएपछि जे पनि बोल्न र गर्न सक्छौ भन्ने सोचले गर्दा जे पनि बोल्ने र अपमान गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई रोक्नको लागि युवाहरुको खाँचो रहेको बताएका छन्  ।

विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले भने, ‘सबै मान्छेले भन्छ हाम्रो देश बनेन भनेर किन बनेको छैन् । हाम्रो देश नबनेको भए आज यति धेरै युवाहरु भेला हुदैँ हुदैँन् थियो । प्रजातन्त्र र गणतन्त्र आएपछि हामीले जे पनि बोल्न सक्छौ भन्ने सोचका साथ अगाडि बढेका छौ तर त्यो सोचमा पनि विकृति आएको छ । बोल्न पायो भन्दैमा जे पनि बोल्ने, अपमान गर्ने प्रवृत्तिको विकास भएको छ । यसलाई रोक्नको लागि पनि युवाहरुको खाँचो छ । बोल्दा के बोल्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’

आजको शक्ति भनेको युवा वर्ग नै भएको पनि उनको भनाई छ । ग्लोबल युथ पार्लामेण्टका संयोजक दिवाकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिइएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal