आज :

मातृभाषाकाे पत्रकारिताले समग्र नेपाल विकास गर्नेमा टेवा पुग्ने : सभामुख देवराज घिमिरे

  • अनलाइन डबली

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषाकाे पत्रकारिताले समग्र नेपाल विकास गर्नेमा टेवा पुग्ने बताउनुभयाे । नेवाः पत्रकार राष्ट्रिय दबूले जेठमा सम्पन्न गरेकाे दाेस्राे अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनकाे प्रतिवेदन हस्तान्तरण गरेकाे कार्यक्रममा उहाँले मातृभाषा पत्रकारिताकाे अावश्यकता विषयमा चर्चा गर्नुभएको हाे । ‘देशीविदेशी पत्रकारहरूकाे सहभागितामा तपाईंहरूले सम्पन्न गर्नुभएको सम्मेलनकाे अाफ्नै महत्त्व र विशेषता छ । यसबाट अाएकाे निष्कर्ष मलाई पनि दिनुस् । कार्यान्वयन गर्ने क्षेत्रमा म पनि सहयाेग गराैंला ।’ सभामुख घिमिरेले बताउनुभयाे । गत जेठ ३० र ३१ गते पत्रकार राष्ट्रिय दबूले बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका विभिन्न प्रदेशबाट प्रतिनिधिमूलक सहभागी हुनेगरी दाेस्राे अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेकाे थियाे । सम्मेलनले समुदायको भित्री इकाईसम्म सुचना पुर्याउन तथा समस्याकाे यथाेचित विकास गर्ने याेजना बनाउन मातृभाषाकाे पत्रकारिताले काेसेढुङ्गा साबित गर्ने निष्कर्ष निकालेकाे छ । सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा भएकाे भेटवार्तामा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास माली लगायत सहभागी थियाे । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरू गरेकाे सय वर्ष पुगेकाे उपलक्ष्यमा पत्रकार राष्ट्रिय दबूले सम्मेलन गरेकाे थियाे । समावेशी सञ्चार र मातृभाषा पत्रकारिताकाे विकास तथा पत्रकारकाे हकअधिकारकाे लागि पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि निरन्तर वकालत गर्दैअाएकाे छ । देशभर २९ जिल्ला शाखा रहेकाे संस्थाले पत्रकारहरूकाे क्षमता अभिवृद्धि, सांस्कृतिक पत्रकारिताकाे लागि एजेन्डा सेटिङ गरि मिसन जर्नलिज्म गर्दैअाएकाे छ । यसअघि गतवर्ष भुटान, बंगलादेश, भारत र नेपालका पत्रकार सहभागी गराएर कार्यक्रम गरेको थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal