आज :

युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

  • अनलाइन डबली

धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् ।

पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ ।

गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए ।

सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यस्को केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेकोसमेत सीसीिटभी फुटेजमा देखिएको जनाइएको छ ।

घटनाको जानकरी प्राप्त भएलगत्तै प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले छटपटाइरहेको अवस्थामा रहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्याएका थिए । तर यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

धनुषा प्रहरीले अभियुक्त जुली झालाई आइतबार १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal