आज :

इन्जिनियरहरुको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने : प्रकाशमान सिंह

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरुको सक्रियताले योजनावद्ध र समावेशी शहरीकरण सम्भव हुने बताएका छन् ।

शनिबार नेपाल इन्जिनियर्स एसोसिएसनको ६३ औं इन्जिनियर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समावेशी शहरीकरण सम्भव रहेको भन्दै पूर्वधार निमार्णमा इन्जिनियरहरुको अमूल्य योगदान रहेको बताएका हुन् ।

उनले भने, ‘योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ भने त्यो इन्जिनियरहरुको सक्रिय सहभागिताविना कल्पना गर्न सकिदैन । सडक, खानेपानी, आवास, सार्वजानिक भवन निमार्ण लगायतका पूर्वधार निमार्णमा इन्जिनियरहरुको योगदान अनुपम छ ।’

मन्त्री सिंहले इन्जिनियरहरु शहरी विकास व्यवस्थापनको लागि आधारशीला भएको भन्दै यस्ता इन्जिनियरहरुको खाँचो रहेको पनि बताए ।

उनले भने, ‘ इन्जिनियरहरु नव पवर्तन सुरक्षित आवास वातावरणीय संन्तुलन तथा दिगो शहरी विकास व्यवस्थापनको लागि आधारशीला हुन् । विषेशगरी आजको शहरीकरणको तिव्र गतिमा हामीलाई इमान्दार जिम्मेवार र प्रविधिसँग चल्न सक्ने सक्षम इन्जिनियरहरुको खाँचो छ ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्ष सडक निमार्णमा लक्ष्य राखेको भन्दा बढि उपलब्धि प्राप्त गरेको बताएका छन् ।

यस वर्ष नयाँ कामहरुको सुरुवात गर्ने भन्दै उनले भने, ‘नयाँ नयाँ कुराको सरुवात गर्दैछौ । नागढुङ्गा टनेल सुरु गर्दैछौ । टनेल युगमा हामी प्रवेश गरिसकेका छौ । यसका कयौ कुराहरु पुरा गरेर हामी अगाडि बढ्दै छौ । थुप्रै सुरुवात भएका सडकहरुलाई अगाडि बढाउदै छौ । यस वर्ष हामी सडकमा लक्ष्य राखेको भन्दा बढि केही थोरै भएपनि बढि लक्ष्य प्राप्त गरेका छौ ।’

उनले देशका सबै जिल्ला सडकसञ्जालबाट जोडिएको भन्दै हुम्लाको सिमकोटमा छिट्टै पुल निमार्ण गरिने बताए ।

‘हामीले यसै वर्ष २०८१÷८२ मा सडकसञ्जालबाट ७७ वटा जिल्ला जोडेका छौ । हुम्लाको सिमकोटमा जव अस्थायी वेलिब्रिज बनायौ त्यहा पुल निमार्ण गछौ त्यो उपलब्धि हामीले प्राप्त गर्यौ,’ उनले भने ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal