आज :

बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी

  • अनलाइन डबली

रामेछाप । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ ।

राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा  सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–११ माम्तीस्थित सडक खण्डमा आएको भेल बाढीले कटान गर्दै सडक पूर्णरूपमा बन्द गराएको छ। त्यस्तै, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको छ। बिरुवाडाँडामा समेत खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । जेसिभी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट  लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशीखोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । अस्थायी रुपमा सञ्चालन भएको सडकमा बारम्बार समस्या आएको छ ।

सडक अवरुद्ध हुँदा रामेछाप,  सिन्धुली लगायत पूर्वी नेपाल आउजाउ गर्ने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal