आज :

राजेन्द्र लिङ्देनकाे प्रश्न- प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता र देशले त्यसलाई खोजिरहेको छ,’ उनले भने ।

लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहेपनि कुनै नैतिक जवाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए ।

‘यदि नैतिकता छ भने, यदि सुशासनप्रति अलिकति पनि प्रतिवद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे ।

सरकारको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘राजावादीलाई तह लगायौं, गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो ।’

लिङ्देनले सत्ता गठबन्धनका दुई ठूला दलले मिलेर मन्त्रिपरिषद् बसेर देश लुटिरहेको आरोप लगाए ।

‘जनताको ध्यान एकातिर लगाएर, सरकार मन्त्रिपरिषद्मा बसेर दुई ठूला ठूला पार्टीहरू मिलेर देश लुटिरहेछन्, जनताले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ, जुन कदापि सह्य छैन,’ उनले भने ।

उनले संसदमा मात्रै होइन, आवश्यकता परे सडकबाट पनि कडा प्रतिवाद गरिने चेतावनी दिए । ‘हामी संसदबाट पनि विरोध गरिरहेका छौं, र आवश्यक परे सडकबाट पनि यसको प्रतिवाद गरिन्छ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal