आज :

‘काठमाडौं अदालतबाट मुद्दाहरु शतप्रतिशत फैसला हुँदैन् तर प्रगति राम्रो छ’

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सो अवसरमा न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फछर्र्यौटमा अदालतको अवस्था जटिल रहेको प्रतिक्रिया दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग अदालत संवाद कार्यक्रममा बोल्दै उनले काठमाडौंको तुलना काठमाडौंसँग मात्र गर्नुपर्ने भन्दै मुद्दाहरु शतप्रतिशत फैसला हुन नसक्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो परिवेश सबैलाई थाहा छ । यहाँ ७७ वटै जिल्लाका मुद्दा दर्ता हुन्छन् । मान्छे काठमाडौंमा मुद्दा दर्ता गरेर कहाँ पुग्छन् थाहा हुँदैन् । पटक पटक म्याद बदर गर्नुपर्ने अवस्था हुन्छ । काठमाडौंको अवस्था जटिल छ, काठमाडौंको तुलना काठमाडौंसँग मात्र हुन्छ । दुई सय वा दुई हजार मुद्दा हुने जिल्ला अदालतसँग तुलना गर्नै मिल्दैन । यहाँ ५० हजार मुद्दाको लगत छ ।’

उनले देशमा १०÷१५ वटा मुद्दा भएका जिल्ला, दुई तीन सय मुद्दा भएका जिल्लाहरुसँग काठमाडौं जिल्लालाई तुलना गर्दा गलत सन्देश गएको भन्दै बताए ।

न्यायाधीश पोखरेललका अनुसार यस वर्ष काठमाडौं जिल्ला अदालतले इतिहासमा पहिलो पटक मुद्दा दर्ता भन्दा बढि २६ हजार ७ सय ४४ वटाको फैसला गरेको छ । उनले कम मुद्दा दर्ता हुँदा सेवा प्रवाह चुस्त रहने बताए ।

‘यस पटक इतिहासमा पहिलो पटक ५० प्रतिशत मुद्दा फछर्र्यौट गरेको छ । यो भन्दा अगाडि ५० प्रतिशत कहिलै पुगेको छैन । पहिलो चोटी मुद्दा दर्ता भन्दा बढि फैसला यस पटक भएको छ । यस वर्ष २५ हजार ६ सय ३९ नया दर्ता भएका छन् । हामीले फैसला २६ हजार ७ सय ४४ वटा गरेका छौ । सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नका लागि जति मुद्दा कम भयो त्यति ध्यान दिन सक्छौ,’ उनले भने ।

 

 

 

यस्तै कार्यक्रममा फैसला कार्यान्वयन अधिकारी धन बहादुर कार्कीले फैसला कार्यान्वयनमा जटिलता रहेपनि प्राथमिकताका साथ काम गरिरहको बताए ।

उनले भने, ‘सुरु मुद्दामा जति कार्यविधि जटिलता छ त्यति नै फैसला कार्यान्वयनमा प्रक्रिया अपनाउनुपर्छ । बैकिङ कसुरका मुद्दाहरु धेरै कार्यान्वयनमा छन् । हामीले कार्यान्वयनमा प्राथमिकता दिएका छौ र गरेका छौ । पोहोरको भन्दा १५ सय बढि फछर्यौट भएका छन् ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal