आज :

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

  • अनलाइन डबली

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी सुशासन कायम गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

शुक्रबार युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले निष्पक्ष पत्रकारिताले सुशासन कामय गर्न भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘पत्रकार साथीहरु म आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन कामय गर्न तपाईहरुको अहम भुमिका रहन्छ । खरिद ऐन खेलकुद विकास ऐन मान्नुपर्छ । हामीले निश्पक्ष पत्रकारिता गर्ने कि नगर्ने ?,’

उनले पत्रकारलाई सम्बोधन गर्दै खेलकुद मन्त्रालयको कमी कमजोरीलाई औलाई पहलकदमी लिन आग्रह समेत गरे ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्का, अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई प्रदान गरिएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal