आज :

तितोसत्य स्वीकार्ने क्षमता विकास भए जीवन सहज छ ः राजेश हमाल

  • अनलाइन डबली

काठमाडौं । महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा उनले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्नु पनि हो भने । उनले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्न सके जीवन सहज हुने बताए ।

उनले भने,‘जीवन एउटा युद्ध हो । युद्ध हामीले एक दिन हार्नैपर्छ । तर युद्धभित्र भएका केही मुटभेढ  जित्छौ जसलाई हामीले सफलता भन्छौ । तर सम्पूर्ण जीवनमा युद्ध हार्ने नै हो । त्यसकारण साना साना सफलतामा नै रमाउनुपर्छ । जुनसुकै पेशामा लागेपनि जस्तो अवस्थामा भएपनि भित्रि आत्मादेखि जीवनलाई गम्भिर भएर हेर्नुपर्छ । जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो । तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्छ ।’

यस्तै, उनले जीवनमा उर्जाशील र सकारात्मक भइरहन सक्ने हो भने जीवन आफै सकारात्मक दिशातर्फ जाने पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal