आज :

सार्वजनिक लेखा समितिले पारित ग‍र्याे २३ औँ वार्षिक प्रतिवेदन

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो ।

समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।

उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’

प्रतिवेदनमा बेरुजु फछ्र्यौंटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू उल्लेख गरिएको छ । समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal