आज :

चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण

  • अनलाइन डबली

रौतहट ।  पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन ।

केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दा गर्दै  गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए ।

उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा,  वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढन सक्ने उनले बताए ।

लम्पी स्किन रोगबाट सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मर्ने लक्षण हुने उनको भनाइ छ ।

लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट सर्ने गरेको डा.चौधरीले बताए ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने गरेको उनले बताए । चन्द्रपुर नगरपालिका पशु शाखाका अनुसार नगरक्षेत्रका ४४ वटा गाईभैसीमा उक्त रोगको संक्रमण देखा परेको छ । महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएको पाईएको छ । एक पशुलाई सो रोग बिरुद्ध उपचार गर्नको लागी १० देखी १२ हजार सम्म खर्च लाग्ने समेत डा. चौधरीले जानकारी दिए ।

चन्द्रपुर वडा नं. ३ ले वडा कार्यालयको आफनै बजेटबाट करिब दुई हजार २ सय ५० वटा गाइ र भैसीलाइ लम्की स्किन रोग बिरुद्धको भ्याक्सीन लगाइएको  छ । त्यसैगरी वाड नं. ९ ले पनि आफनै बजेटबाट एक हजार ६ सय भन्दा बढी पशुलाइ सो रोग बिरुद्धको भ्याक्सीन लगाइसकेको छ ।चन्द्रपुर नगर क्षेत्रमा गत बर्ष मात्र लम्पी स्किन रोगको कारण एक सय ६० वटा गाईभैसी मरेको चन्द्रपुर नगरपालिका पशु शाखाको तथ्याङमा छ । अहिले नगरभरीको पशुहरुलाइ उक्त रोग बिरुद्ध १० हजार थान खोप आवश्यकता रहेको  पशु शाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal