आज :

बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना लापरवाही भएको गुनासो

  • अनलाइन डबली

काठमाडौं । हालै देशभर बाढी र पहिरोका घटनाले निम्त्याएको जनधनको क्षति र आपत्कालिन व्यवस्थापनको अवस्थाबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८३ औँ बैठकले गम्भीर चासो व्यक्त गरेको छ ।

बिहीबार बसेको उक्त बैठकमा सांसदहरूले उद्धार, राहत र पुनस्र्थापनाको काममा सरकार तथा स्थानीय तहको उदासिनता रहेको भन्दै गृहमन्त्रीलाई समितिमा नै बोलाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन् ।

कांग्रेसका सांसद युवराज शर्माले भोटेकोशी क्षेत्रमा अत्यधिक वर्षाको कारण आएको बाढीबारे प्रष्ट जानकारी लिनु आवश्यक रहेको धारणा राखे । उनले भने, ‘बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनामा हामीले लापरवाही गरिरहेका छौं । भोटेकोशीमा अति वर्षा भएर बाढी आएको हो कि हिमताल फुटेको हो, त्यसको यथार्थ पत्ता लगाएर सरकार र स्थानीय निकाय सबैले सक्रिय हुनुपर्ने अवस्था छ ।’

शर्माले बाढीको प्रकृति र स्रोतबारे वैज्ञानिक अध्ययन गरी त्यसको आधारमा नीति निर्माण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । साथै उनले गृहमन्त्रीलाई समितिमा उपस्थित गराई छलफल गर्नुपर्ने प्रस्ताव समेत गरे ।

यसैबीच, समितिका सचिव सञ्जय दाहालले २४ गते रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति पु‍र्याएको जानकारी दिए । ‘अहिले घाइतेको उपचारमा समस्या छ, सडक, विद्युत र सञ्चार सम्पर्क पूर्णरूपमा अवरुद्ध छ,’ उनले भने,‘विकट भूगोलका कारण राहत पनि पुग्न सकेको छैन । प्रमुख जिल्ला अधिकारीले बारम्बार हेभी उपकरण माग गर्दा पनि हालसम्म त्यसको आपूर्ति हुन सकेको छैन ।’

समितिले सरकारलाई बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, उपचार, पुनस्र्थापना र आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal