आज :

माओवादी संविधान र व्यवस्थाको संस्थापन पक्ष हो, काँग्रेस-एमाले प्रतिपक्षः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक एजेण्डा र वैचारिक हिसाबले वर्तमानको नेपालको संस्थापन पक्ष आफ्नो पार्टी भएको बताएका छन् ।

बुधबार सामाजिक संजालमा प्रचण्डले आफ्नो पार्टी संसदीय संख्याको हिसाबले तेस्रो स्थानमा रहे पनि वैचारिक र राजनीतिक एजेन्डाको हिसाबले नेपालको संस्थापन पक्ष र प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेलाई हालको संविधान र व्यवस्थाको प्रतिपक्ष भएको दाबी समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सङ्ख्यात्मक उपस्थितिले मात्र राजनीतिको मूलधार निर्धारण नहुने तर्क गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, र उत्पीडित समुदायको अधिकार स्थापनामा माओवादीको नेतृत्वदायी भूमिका रहेकाले माओवादी नै संस्थापन पक्ष भएको जिकिर गरे।

प्रचण्डले सामाजिक संजालमा भनेका छन्, ‘जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो भने कांग्रेस र एमाले प्रतिपक्ष हुन्, यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष होइनन् ।’

‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो’ प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal