
काठमाडौँ । चीनतर्फ आएको भिषण बर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले नेपालतर्फ ठूलो जनधनको क्षति पुर्याएको छ । मंगलबार बिहान रसुवागढी नाका जोड्ने मितेरी पुल बगाउनुको साथै बाढीले १८ जना बेपत्ता बनाएको छ ।
रसुवा प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ९ जना सर्वसाधारण, ३ जना प्रहरी जवान र ६ जना चिनियाँ नागरिक रहेका छन् ।
नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको भएपनि चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बाढीले भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको छ ।
त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।
नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।