
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीश र न्याय परिषद् सदस्यको अनुमोदन गर्न बसेको संसदीय सुनुवाइ समिति बैठक बहिस्कार गरेको छ ।
सोमबार बसेको समिति बैठक माओवादी सांसद जनार्दन शर्मा र जगप्रसाद शर्माले बैठक बहिष्कार गरेका हुन् । माओवादी सांसद जगप्रसाद शर्माले न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएकाले भन्दै बैठक बहिस्कार गरेको बताए । छ ।
माओवादी सांसदहरूले बहिस्कार गरे पनि समितिले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको छ ।