आज :

जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

  • अनलाइन डबली

जनकपुर । जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।
अध्यक्ष यादवको खोजी गर्दै उनको घरमा प्रहरीको टोली हिजो राती पुगेको थियो तर उनी जनकपुरधाममा रहेको प्रहरीको ठहर छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal