आज :

सुदूरपश्चिमका अधिकांश जिल्लामा भारी बर्षा, बाढी–पहिरोको जोमिख बढ्यो

  • अनलाइन डबली

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा आइतबारदेखि लगातार भारी बर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार तराईका बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्।

कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ । त्यस्तै डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे क्षेत्रमा पनि भारी बर्षा भइरहेको छ । पहाडका अन्य जिल्लाहरुमा पनि लगातार बर्षा भइरहेको छ ।

पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन्। नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ।

बर्षाका कारण अहिलेसम्म बाढी र पहिरो आएर क्षति नपुगेको प्रहरीले जनाएको छ । तर, आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal