आज :

प्रस्तावित न्यायाधीश पोखरेलमाथि प्रभाकरको प्रश्नः पक्षधरको लगाव निष्पक्ष होला त ?

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् । उनले राजनीतिक पक्षधरको लगाव त्यागेर स्वतन्त्र रुपमा निष्पक्ष काम हुनसक्नेमा शंका समेत व्यस्त गरे ।

आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई स्वतन्त्ररुपमा निष्पक्ष भएर न्याय दिने कुरामा प्रश्न गरेका हुन् ।

‘यहाँले बारमा पदाधिकारीको रुपमा काम गर्नुभएको छ । बार राजनीतिक धारहरुसँग जोडिएर प्रतिस्पर्धा गर्ने संस्थाको रुपमा काम गर्ने संस्था हो । स्वतन्त्र बार त देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र हो,’ उनले भने । उनले राजनीतिक पक्षधरताका कारण कतिपय मुद्धाहरुमा सुनुवाई नै नहुने र त्यसको कारण न्याय ढिलाई भईरहेको बताए ।

‘बारको प्रतिस्पर्धा कतै न कतै राजनीतिक पक्षधरतासँग जोडिन्छ । त्यसभित्र टर्मिनेन्ट भएर जाने त भन्नुभएको छ । तर पक्षधरको लगाव निष्पक्ष होला त ? भन्ने प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरुमा सुनुवाई नै नहुने हुन्छ त्यसले न्याय ढिलाई हुनु अन्याय होइन र ?’ प्रभाकरले प्रश्न गरे ।
बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित पोखरेलले आफ्ना योजनाको प्रस्तुति दिँदै यदी सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताए ।

‘म एक महिनासम्म हातखुट्टा बन्द गरेर बस्न सक्ने मान्छे हुँ । मलाई राजनीतिक जुत्ता जोड्न केही समस्या होइन । हेर्नुहोला, मलाई त्यो ठुलो समस्या होइन । मेरो राजनीतिको पृष्ठभूमी कति गहिरो थियो अध्ययन गर्नुभएकै होला । तर त्यति गहिरो रुपमा हेर्नुपर्दैन । म छोड्छु । यहाँहरुले बेला बेला सचेत गर्नुहोला,’ उनले भने । उनले कोही व्यक्ति सार्वजनिक पदमा जाने भएपछि प्रश्न उठ्छ त्यो सामान्य भएको पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal