
काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दावी गरेको छ ।
पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०।२५ लाखको पुरस्कार व्यवस्था भएको तर आफूहरुले गर्न लागेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी गराए । पव्लिकले नपत्याउने भएकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको उनको भनाई थियो ।
बजारमा चलेका सेलिब्रेटीलाई नभई देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्वेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दावी उनले गरे । साथै उनले दुई करोड राशी बराबरको पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठुलो हन्ट भएको पनि दावी गरे ।
कार्यक्रम अन्तर्गत कम्पनीको व्रान्ड एम्वेसडरहरु छनौट गरिने छन् । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत् कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरु छनौट गरिने छन् । यस योजना अनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनौट हुने अवसर पाउन सक्नेछन् ।
कार्यक्रम कार्यक्रम सुरु भइसकेको जनाइएको छ । कार्यक्रम जनवरी ३१, २०२६ सम्म चल्ने जनाइएको छ । कार्यक्रम चरणबद्ध रुपमा हुनेछ । पहिलो चरण जुन १ बाट सप्टेम्वरको ३० तारिखसम्म चल्नेछ । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने छ ।
पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनौट गरिनेछ । र साथै हातै खाली नहुने गरी छनौट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने जनाइएको छ ।
पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोश्रो चरणमा लगिने छ । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने छ ।
दोश्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिनेछ । फाइनल अडिसन काठमाडौंमा हुनेछ । यो चरण सन् २०२६ जन १ देखि जनवरी ३१ तरिखमा चल्ने छ ।
अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई तालिमसमेत दिइनेछ । साथै परीक्षण पनि बिभिन्न चरणमा हुने छन् । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुनेछ । त्ससपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनौट हुने छन् ।
पत्रकार सम्मलेनमा कार्यक्रम संयोजक विजय वस्नेतले टाइटल विनरलार्ई नगद रु ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिनेछ । यसमा शर्तहरु लागू हुने छन् । साथै करकटी गरी रकम प्रदान गरिने छ ।
प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइने छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ । सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँंग ३० लाख बराबरको कन्ट्याक्ट हुनेछ ।
त्यसपछि बाँंकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइनेछ र उनीहरुलाई प्रति व्यक्ति डेढडेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसावले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोड वढी जानेछ ।
प्रतियोगितामा सहभागीहरुको मूल्यांकनको आधार फरकफरक हुने छन् । पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने छ । दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट) ले ५० प्रतिशत अंक दिइने छन् । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइनेछ ।
पहिलो र दोश्रो चरण भिडियोमार्फत् डिजिटल अडिसन गरिने जनाइएको छ । त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भोतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् हुनेछ ।
प्रतियोगिामा जुनसुकै उमेर समूहका महिला पुरुषले सहभागिता जनाउन पाउने छन् । सहभागिताका लागि उनीहरुले एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्ष्टाग्राम र टिकटकलाई फलो गर्नुपर्नेछ । त्यसपछि सहभागी हुन चाहनेहरुले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कष्टमेटिकको कुनै पनि कम्पनी झल्किने क्रियटिभ भिडियो कन्टेन्ट बनाउनुपर्ने छ । साथै आफनो कुनै पनि सोसियल मिडिया एकाउन्टमा पोष्ट गर्न सकिनेछ । भिडियो पोष्ट गर्दा सहभागीहरुले अनिवार्य रुपमा एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई उल्लेख गर्नुपर्ने छ र ‘३ँबअभयाकथ’ (ह्यासट्याग फेस अफ एसवाई) प्रयोग गर्नुपर्नेछ । सहभागी हुन चाहनेहरुले पोष्ट गरेको भिडियोको लिंकसहित एसवाई कस्मेटिक र एसवाई बजारको पेजको बायोमा जानुपर्ने छ र त्यसमा गई गुगल फारम भरी निर्देशन अनुसार रजिष्टर गर्नुपर्नेछ ।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो । यस कम्पनी अन्तर्गग एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज्लगायतका कम्पनीहरु नेपालमा रहेका छन् ।