आज :

नेपालीहरु सबैभन्दा पीडित अनुशासनका कारण छन् : प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरु पीडित रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन् ।

उनले भने, ‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ ।  अनुशासन योगको पहिलो सुत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चिजको अनुशासन हुन्छ ।’

प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए ।  ‘यदी हतियारधारीहरुले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’ उनले भने ।

यस्तै कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले योग वैद्धिक संस्कृतिको मात्र रहेन यो विश्वभरको साझा जिवनपद्धतीको रुपमा अगाडी बढेको बताए । उनले भने,‘योग र ध्यानलाई वैद्धिक चिन्तनलाई हामीले हाम्रो देशको बौद्धिक सम्पदाको रुपमा अगाडि बढाउनुपर्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal