
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशमाथि छानबिन सुरु भएको छ।
आज बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको नेतृत्वमा समिति गठन गरेर आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन सुरु गरेको हो।
यस्तै बैठकले उनीहरूलाई परिषदमा तान्ने निर्णय गरेको स्रोतले बताएको छ।
मान्छेलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गरेका आलमलाई जेठ १४ गते न्यायाधीशहरू थारू र महर्जनको इजलासले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनी लाई सफाइ दिने फैसला गरेको थियो।