आज :

खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयका समाचार प्रकासन गर्दा तथ्य र विज्ञानमा आधार बनाउन विज्ञको आग्रह

  • बुद्धशरण शाही

काठमाडौँ । खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयका समाचार प्रकासन तथ्य र विज्ञानमा आधार बनाउन आग्रह अधिकारीहरुले आमसञ्चारकर्मीहरुसँग आग्रह गर्नुभएको छ । काठमाडौँ  महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत आज  कृषि तथा पशुपन्छी विभागले आमसञ्चारकर्मीहरुका लागि आयोजना गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर शिक्षा सम्बन्धी सचेतना कार्यक्रममा’ उहाँहरुले यस्तो आग्रह गर्नुभएको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पेशा व्यवसाय जसको जे भए पनि सबैको अभिलाषा स्वच्छ खाद्य बस्तु प्राप्त गर्नु नै रहेको बताउनु भयो । यसकारण खाद्य स्वच्छता कायम गराउन कोही एक पक्ष वा कोही अर्को पक्ष भएर भन्दा पनि सबैले समान दृष्टि राखेर काम गर्ने धारणा राख्नुभयो ।

यसै गरि कार्यक्रममा बिज्ञाहरुले मानव जीवनको आधार नै खाद्यान्न भएकोले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने गराउने प्रणालीमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । भूमिका निर्वाह गर्ने क्रममा तथ्य र विज्ञानमा ख्याल गर्न सकिएन भने खाद्य वस्तुमाथि नै नकारात्मक दृष्टिकोण पैदा हुने भएकोले यस्तो बेला तथ्य र विज्ञानमा टेकेर तोकेर नै गल्ती उजागर गर्ने उहाहरुले सुझाब दिनुभयो ।

कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले विज्ञहरुसँग परामर्श गरेर, तटस्थ भाषाको प्रयोग गरेर, निवारणका उपाय प्रदान गरेर, प्रचलित विधि र व्यवस्था जानकारी दिएर आमसञ्चारकर्मीले उच्चस्तरीय भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका अध्यक्ष होमनाथ न्यौपानेले खानेकुरा स्वच्छ छ कि छैन भनेर बोल्ने व्यक्ति मेडिकल डाक्टर हो कि खाद्य प्राविधिक हो, अब छलफल गर्नु पर्ने बेला भएको बताउनु भयो । खाना कस्तो हो भनेर जसले पनि बोल्ने भएपछि कतिपय खाद्य परिकार त्यसको शिकार भएको उहाले भानाइ राखुनु भयो ।

महानगरपालिकाले  खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि चरणगत काम गरिहेको छ । यस वर्ष खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम प्रदान गरेको छ । यसमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारी, मासुजन्य खाद्य बस्तुको उत्पादक, मिठाइका उत्पादक तथा विक्री वितरक, परम्परागत खाद्य सेवा प्रदायक लगायत वर्गलाई स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal