आज :

सुन चांदी बजार बन्द पाँचौ दिनमा, मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडौँ । सुन चांदी बजार पाँचौ दिनमा आज बन्द रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा विलासिता शुल्क र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि सुन व्यवसायीहरूले आन्दोलन स्वरूप ब्यबसाय बन्द गरेका हुन् । सरकारले आर्थिक विधेयकमार्फत सुनमा विलासिता कर लगाएको छ । यस्तै हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ । गएको अगाडी आइतबार सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै केही सुनचाँदी व्यवसायीहरूले काठमाडौँमा प्रदर्शन गरे ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताएका छन् ।

यसै गरि नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् प्रस्तावित दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यावहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले यसअघि नै  सुनमा लगाइएको विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का विषयमा बजेटको प्रतिक्रियामा करका यी प्रावधानले व्यावसाय तथा रोजगारीमा प्रभाव पर्ने औपचारिक धारणा सार्वजनिक गरेको थियो । महासंघका अध्यक्ष ढकालले व्यावसायीले उठाएका विषय सान्दर्भिक रहेको बताउँदै महासंघको तर्फबाट आवश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal