
काठमाडौँ, असार १ गते । नेवाः पत्रकार राष्ट्रिय दबुले दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा जारी भएको घोषणा पत्र नेपालका लागि बङगलादेशका राजदुत मोहम्मद सफिकुर रहमानलाई बुझाउनुभएको छ । बङगलादेशी राजदुतावास, बसुन्धारामा नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ र सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामाले संयुक्तरुपमा राजदुत रहमानलाई सात बुँदे घोषणा पत्र बुझाउनुभयो । सो अवरमा सार्क जर्नलिस्ट फोरामको महासचिव बङगलादेशका मोहम्मद अब्दुल रहमान, बङगलादेशका सञ्चारकर्मी रफिकुल इस्लाम आजाद र नेवाः पत्रकार राष्ट्रिय दबुका सहसचिव प्रजित शाक्यको पनि उपस्थिति रहेको थियो । सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारहरुले गरिरहेको गतिविधिबारे प्रकास पार्नुभएको थियो ।
यसैगरी सार्क जर्नलिस्ट फोरमका अध्यक्ष लामाले मातृभाषा आन्दोलनमा बङगलादेश विश्वमै अग्रणी स्थानमा रहेको हुनाले दक्षिण एसियाकै मातृभाषा पत्रकारिताको विकासका लागि बङगलादेशले नेतृत्व गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । राजदूत रहमानले सार्क जर्नलिस्ट फोरम र नेवाः पत्रकार राष्ट्रिय दबुले राम्रो काम गरिरहेकोमा धन्यवाद दिनुहुँदै मातृभाषा पत्रकारितामा बङगलादेससँगको अपेक्षा स्वभाविक र सकारात्मक हो, भन्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नलिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को सहकार्यमा शुक्रबार र शनिबार दुई दिने दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ को आयोजना भएको थियो । सो सम्मेलनमा करीब ५० विदेशी पत्रकार र एक सय नेपाल पत्रकारहरुको सहभागिता रहेको बताइएको छ ।