आज :

शैक्षीक माफिया र भ्रष्टहरु अब हाम्रो निसानामाः अखिल(क्रान्तिकारी)

अखिल (क्रान्तिकारी)ले असार १५ देखि भदौ ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल(क्रान्तिकारी) र नेकपा(मसाल) निकट अखिल(छैटौं)सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए । संविधान र कानुन विपरित शिक्षालाई व्यापारिकरण गरिएको बताउँदै श्रेष्ठले भने,“सरकारमा रहने मान्छेहरुकै निजी कलेज र विद्यालयहरु भएकाले त्यसलाई आमजनताको पहुँच बाहिर महाँगो र लुटी खाने धन्दा बनाएका छन्, अब त्यसविरुद्ध हामी निर्णायक लडाईँ लड्छौं ।”

संगठनका कार्यालय सदस्य नविन खड्काले सरकारी शिक्षालयहरुलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने र निजीलाई आफ्नो कमाई खाने भाँडो बनाएको आरोप लगाए । खड्काले एनओसी प्लस्टुमा नदिई स्नातक तहपछि मात्रै दिनुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे ।

कार्यालय सदस्य दिपक विष्टले सरकारी तथा सामुदायीक क्याम्पसमा विद्यार्थीहरु सुकाउने र निजी तथा विदशी सम्बन्धनका कलेजहरुलाई मोटाउने वातावरणको अन्त्य गरिनु पर्ने बताए ।


कार्यालय सदस्य नेत्र शाहीले देशमा शिक्षा क्षेत्रमा भ्रष्ट र दलालहरुको विगविगी बढेकाले त्यसको अन्त्य गर्न आफूहरुले उनिहरुविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए ।


कार्यालय सदस्य सोभा सेन्चुरीले प्रेस विज्ञप्ति वाचन गर्दै १० बुँदे ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को बारेमा जानकारी दिइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal