आज :

भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता नरहेको गृहमन्त्री लेखकको दाबी, रास्वपाकाे नाराबाजी

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन ।

आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बिच आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनै संलग्नता नरहेको जिकिर गरेका हुन ।

आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै उनले खेद ब्यक्तसमेत गरेका छन ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, म इमान र नैतिकताको राजनीति गरेर यहाँसम्म आएको हो, यस्तो काम मवाट हुनै सक्दैन्’, गृहमन्त्री लेखकले संसदमा भने ।

उनले संसदमा प्रस्टीकरण दिदाँ बेलमा पुगेर रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका थिए ।

गृहमन्त्रीले लेखकले बाेलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुँदे सहमति भएपछि संसद सुरू भएपछि गृह मन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसदमा राजिनामा माग्दै नाराबाजी गरेका हुन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृहमन्त्री लेखकले आफ्नो धारणा राखेका थिए ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग रास्वपा र राप्रपाले गर्दै नाराबाजी गरेका  थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal