आज :

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

उहाँले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

साथै उहाँले माओवादी केन्द्र प्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउने हरूलाई उचित जिम्मेवारी दिइने बताउनु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal